१९ कार्तिक, ललितपुर । ललितपुरको मंगलबजारमा आज साझ आगलागीमा भएको छ । आगलागीमा परी ४ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ पुरानो तीनतले घरमा आगलागी हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार सहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले घटनामा परी ४ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।
घटनामा परी अन्य २ जना घाइते भएका छन् ।घाइतेको पहिचान हुनसकेको छैन । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ। स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले बताएका छन् ।
पाटनको मंगलबजारस्थित चक्रबहिल भन्ने स्थानमा आगलागी भएको हो। ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।