तिहारको तेश्रो दिन आज बजारमा चहलपहल बढेको छ । भाईटिकाको सामग्री, माला तथा लक्ष्मीपूजाका सामग्री किन्नेहरु को भिड बजारमा देख्न पाईन्छ ।

घरको झ्याल ढोकामा लगाउन र लक्ष्मी पूजा गर्न काठमाडौँको नयाँ सडक परिसरमा बिक्रीका लागि राखिएको सयपत्री फूलको माला किन्दै सर्वसाधारण ।
माला बिक्रीका लागि काठमाडौँको नयाँ सडक छेउमा बसेका व्यापारी ।
काठमाडौँको नयाँ सडकमा बिहीबार शुभ–दीपावली तथा लक्ष्मी पूजाका सामान किन्दै सर्वसाधरण ।
लक्ष्मी पूजाका लागि कमलको फूल किन्दै सर्वसाधारण ।

महोत्तरीको जलेश्वरमा बिहीबार सयपत्री र मखमली फूल र फूलको माला बेच्न बसेका व्यापारी । लक्ष्मी पूजाका दिन सयपत्री फूल घरको झ्याल ढोकामा लगाउनुका साथै लक्ष्मी पूजा गर्न प्रयोग गरिन्छ ।
लक्ष्मी पूजा लागि सयपत्री फूल खरिद गर्दै उपभोक्ता । फूल प्रतिमुठा रु. २० का दरले विक्री हुने गरेको छ ।
सप्तरीको राजविराजस्थित हटियामा तिहारका लागि लक्ष्मीको मूर्तिसहित विभिन्न समान बिक्री गर्न लागि ग्राहकको प्रतीक्षामा व्यापारी ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा शुभदीपावलीमा घर, व्यवसाय, प्रतिष्ठान सिँगार्नका लागि केराको थाम बेच्न लाँदै ।
महेन्द्रनगर बजारमा तिहारलाई लक्षित गरी सामान बेच्न खोलिएका पसलमा लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामान खरिद गर्दै महिला ।
पाटन दरबार परिसरमा लक्ष्मी पुजाका लागि बिक्रीका लागि राखिएको कुचो र नाङ्लो ।
तिहारलाई लक्षित गरी उत्पादन गरिएका झिनियाँ । उक्त झिनियाँ बागलुङ बजारस्थित मीरा श्रेष्ठले उत्पादन गर्नुभएको छ ।
तनहुँको दमौली बजारमा सयपत्री फूल बिक्रीका लागि हिँडेका महिला । तिहार बुरुभएसँगै फूलको बिक्री बढेको छ ।
धनगढीको चौराहा बजारमा दिपावलीका लागि माटाका दियालगायतका सामाग्री खरिद गर्दै ग्राहक ।
धनगढीको क्याम्पस चोकमा दिपावलीका लागि बिक्री गर्न राखिएका माला लगाएतका विभिन्न सामाग्रीहरु ।तस्बिर: रासस