प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै, वनमन्त्री यादव स्कटल्याण्डमै रहने

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै, वनमन्त्री यादव स्कटल्याण्डमै रहने

  • बिहिबार, कार्तिक १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन देउवा बेलायत जानुभएको थियो ।

सम्मेलनमा भाग लिन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा गत कात्तिक १२ गते लण्डन पुग्नुभएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली स्कटल्याण्डबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज काडमाडौँ आउने कार्यक्रम छ ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको टोली भने केहि दिन उतै रहनेभएको छ । अहिले पनि सम्मेलनमा अन्य सत्रहरुमा व्यस्त रहनुभएकोले वनमन्त्री यादव बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै हुनुहुन्छ । पाँचौँपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ