प्रदेश १ – नवनियुक्त  मुख्यमन्त्री राजेन्द्र राईद्वारा शपथ ग्रहण

प्रदेश १ – नवनियुक्त  मुख्यमन्त्री राजेन्द्र राईद्वारा शपथ ग्रहण

  • मङ्लबार, कार्तिक १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

कार्तिक १६, काठमाडौँ ।    प्रदेश १ का नवनियुक्त  मुख्यमन्त्री राजेन्द्र राईले आजै शपथ ग्रहण गरेका छन । नेकपा एकीकृत समाजवादीको प्रदेश १ का संसदीय दलका नेता  राई मुख्यमन्त्री नियुक्त भएलगत्तै मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री उनलाई  शपथग्रहण गराए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धनबाट राई मुख्यमन्त्री बनेका हुन् । लामो समयसम्म प्रदेशको राजनीतिमा साथ दिँदैआएका भीम आचार्यलाई विस्थापित गर्दै राई मुख्यमन्त्री बने । माधवकुमार नेपाल निकट रहेका आचार्य एमाले विभाजन हुँदा नेकपा (एस)तर्फ नगएर एमालेमै बसेका थिए ।
भोजपुरको षडानन्द नगरपालिका झ्याँउपोखरीमा २०२७ सालमा जन्मिएका राई स्कुलमा अध्ययन गर्दा नै राजनीति सुरुवात गरेका थिए । दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष बन्ने थोरै विद्यार्थी नेतामा राई पर्छन् ।

अनेरास्ववियुको १५औं र १६औं महाधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका थिए । उनको नेतृत्वमा २०५९ सालमा अनेरास्ववियुले गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो ।

सैद्धान्तिक तथा बैचारिक रुपमा पनि राई प्रखर मानिन्छन् । स्कुल पढ्दै गर्दा उनी अनेरास्ववियुको सम्पर्कमा पुगेका थिए ।  राजनीतिक जीवनमा उनी निष्कलंक मानिन्छन् । प्रचार प्रसारमा खासै ध्यान नदिने तर निरन्तर दत्तचित्त भएर खट्ने नेता हुन् ।’

राईकाअनुसार संगठनले त्यस समयमा फरक-फरक क्षेत्रमा विशेष क्षमता राख्ने विद्यार्थीलाई संगठित गर्दथ्यो । एसएलसीपछि राई अध्ययनका लागि काठमाडौंमा आएका थिए । त्यसपछि पढाइ र राजनीतिसँगै अघि बढाए । राई नेपालको ठूलो क्याम्पसमध्यको एक आरआर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा २०४९ सालमा सभापतिमा निर्वाचित भएका थिए ।

२०५४ सालमा एमाले र माले विभाजनपछि महेन्द्ररत्न क्याम्पसको स्ववियुमा पूरै प्यानल जित्दा सभापतिमा राई पराजित भएका थिए । राईले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

लामो समयदेखि उनी माधवकुमार नेपाल निकट रहँदैआएका छन् । माधव नेपाल प्रधानमन्त्री बन्दा राई उनको सल्लाहकारको रुपमा नियुक्त भएका थिए ।

नेपाल एमालेको शीर्ष नेतृत्वबाट बाहिरिएपछि राई बिस्तारै जिम्मेवारी विहीन बन्दैगए । अन्य समूहले भने पार्टीभित्रको राजनीतिमा उनीभन्दा कनिष्ठ नेताहरूलाई प्राथमिकता दिएर अघि बढाएका थिए ।

आर्थिक पक्षमासमेत बिबादमा नमुछिएका नेतामा राई पर्छन। २०७४ सालको आमनिर्वाचनमा प्रदेशसभामा भोजपुर १ बाट निर्वाचित भएका थिए उनी। २०६८ सालमा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका राई नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । भदौमा नेकपा एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा राईसहितका नेताहरूले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ