काठमाडौँ, १५ कात्तिक । सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् ।
अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी बाहिरिएका छन् । अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार ८९८ विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१ र अगस्टमा पाँच हजार ९१७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline