प्रधानमन्त्रीले आज कोप २६ सम्मेलनमा संबोधन गर्दै, भोलि भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्रीले आज कोप २६ सम्मेलनमा संबोधन गर्दै, भोलि भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुने

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

१५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२६) मा सम्बोधन गर्दैहुनुहुन्छ ।

त्यसका लागि प्रधानमन्त्री देउवा लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो पुगिसक्नुभएको छ ।
देउवाले आज वर्ल्ड लिडर समिटमा भाग लिनुहुनेछ । स्थानीय समयानुसार आज दिउँसो सम्मेलनको उद्घाटन हुँदैछ ।

देउवाले आजै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका क्रममा देउावाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

भोलि नैं उहाँले श्रीलङ्काका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने तय भएको छ । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ सम्मेलन नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी