मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार पाउँदैनन् : प्रचण्ड

मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार पाउँदैनन् : प्रचण्ड

  • शनिबार, कार्तिक १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार नपाउने बताएका छन् ।

सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जबसम्म मधेस माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त पनि हुनेछैन । विकास पनि हुनेछैन ।’

प्रचण्डले अब मधेसी जनता झुक्किने दिन गएको भन्दै कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने नसक्ने पनि बताए ।

मधेसका लागि दुईपटक संविधान संशोधन प्रस्ताव ल्याएको, नागरिक विधेयक ल्याएको, दलितलाई प्रदेश प्रमुख बनाएको, मधेसबाट राष्ट्रपति प्रस्ताव गरेको तर सबै प्रयास एमाले अध्यक्ष केपी ओलीले असफल बनाएको उनको आरोप थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ