मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन् प्रदेश प्रमुखसमक्ष राजीनामा

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन् प्रदेश प्रमुखसमक्ष राजीनामा

  • बुधबार, कार्तिक १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

मकवानपुर, १० कात्तिक । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छिन् । प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर उनले राजीनामा बुझाएकी हुन् ।

एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी थिइन् । शाक्यको राजीनामापछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन् ।

शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना प्रदेशसभा सदस्यको समर्थन दावी गर्दै मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भई १३ सदस्य एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा परेकी थिइन् । अहिले प्रदेशमा एमालेका ४३ जना मात्रै सांसद छन् ।

बाग्मती प्रदेशसभामा एक सय नौ जना प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनको लागि ५५ सदस्यको समर्थन आवश्यक पर्छ । नेकपा एमाले विभाजनपछि १३ जना सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ जना मात्रै सदस्य छन् ।

यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी ९जसपा० को एकजना प्रदेशसभा सदस्य छन् । अब बाग्मतीमा गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ