न्यायालयले कार्यपालिकासँग भागवण्डा खाेज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

न्यायालयले कार्यपालिकासँग भागवण्डा खाेज्नु व्यवस्थामाथिकै खतरा : नेता यादव

  • बुधबार, कार्तिक १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

सिरहा, १० कात्तिक।  जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवण्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायीक मर्यादाकाे पराकाष्टा नाघेको बताए ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा पक्ररणप्रति इंगित गर्दै उनले यसखालको हर्कतले लोकतन्त्र खतरामा पर्ने संकेत दिइरहेकाे बताए ।न्यायपालिकाले व्यस्थापिका र कार्यपालिकाभन्दा पर रहेर काम गर्नुपर्नेमा भागवण्डाको खेलमा लाग्दा व्यवस्थामाथिकै खतरा भएको उनले बताए ।

नेता यादवले राजनीतिक दलमा राजनीतिक आचरण कमजोर हुँदै गएको बताए । पार्टीभित्र पनि लोकतन्त्रको सही अभ्यास हुन नसकेको भन्दै यस्तै अवस्था रहे व्यवस्था नै धरापमा पर्न सक्ने उनले बताए । ‘हामीले हाम्रो नीति, सिद्धान्त र विचारलाई व्यहारमा उतार्न सकेनौं भने यो व्यवस्था नै धरापमा पर्न सक्छ, गणतान्त्रिक लोकतन्त्रलाई सही मानेमा प्रयोग गर्न सबैको भूमिका आवश्यक छ,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ