महाधिवेशन केही दिन पछि सार्न सभापति देउवाको निर्देशन

महाधिवेशन केही दिन पछि सार्न सभापति देउवाको निर्देशन

  • मङ्लबार, कार्तिक ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, ९ कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका संशोधन गर्न निर्देशन दिएका छन् । सभापति देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा आज सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको भन्दै कार्यतालिका संशोधनका लागि निर्देशन दिएका हुन् ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार तिहारपछि क्रियाशील विवाद कायम रहेका जिल्लाको समस्या समाधान गरेर अधिवेशन हुन बाँकी स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने र महाधिवेशनको मिति केही दिन पछि सार्ने योजनामा कांग्रेस रहेको छ ।

नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी ९ देखि १२ मंसिरसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ