अब ओलीका लागि एमालेमै रहे पनि भीम रावलभन्दा लेखराज प्यारोः जिल्ला दौडाहामा सँगसँगै भट्ट !

अब ओलीका लागि एमालेमै रहे पनि भीम रावलभन्दा लेखराज प्यारोः जिल्ला दौडाहामा सँगसँगै भट्ट !

  • मङ्लबार, कार्तिक ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, ९ कात्तिक । दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् ।

नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा अर्थपूर्ण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षदेखि नै ओली र भट्ट सँगसँगै थिए । यती एयरलाइन्सको जहाजबाट पूर्व उडान भर्दा ओली र भट्ट सँगै बसे । जहाजमै ओली र भट्टको सामिप्यता लोभलाग्दो देखियो ।

झण्डै एकघण्टाको उडानमा भलाकुसारी गर्दै झापाको भद्रपुर विमानस्थल पुगे । भद्रपुरमा पनि ओली र भट्ट सँगसँगै ओर्लिए । स्वागत गर्न सुवास नेम्वाङ, भानुभक्त ढकाललगायत विमानस्थलमा लामबद्ध हुँदा जहाजबाट ओर्लिएका ओली अगाडि थिए, भने भट्ट पछाडि परे ।

यो कुरालाई नोटिस गरिरहेका ओलीले भट्टको हात तानेर आफूसँगै अगाडि ल्याए । आफूलाई खादा ओढाउँदा ओलीले स्वागत कार्यकर्तालाई लेखराजजी पनि हुनुहुन्छ भनेर स्वागतका लागि अघि सारे । नेता कार्यकर्ताले भट्टलाई खादा ‌ओढाएर स्वागत गरे । यो दृश्यले लेखराजलाई ओलीले कति महत्व दिएका भन्ने दर्शाउँछ ।

आइतबार दिनभर झापामा रहेका लेखराजले ओलीका साथै एमाले नेता कार्यकर्ताबाट राम्रै सम्मान पाए । बृहत् पार्टी प्रवेश कार्यक्रममा पनि उनी विशिष्ट अतिथि तथा वक्ताका रुपमा थिए । सम्बोधनका क्रममा उनले सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा ओलीलाई धन्यवाद पनि दिए र ओलीलाई नजिकबाट चिन्ने मौका दिएकोमा प्रचण्डलाई धन्यवादसम्म भन्न भ्याए । झापामा भट्ट ओलीको सामिप्यता र आतिथ्यमा मोहित भए नै अर्कोतिर ओलीले पार्टी पंक्ति तथा भट्टलाई ‘आफ्नै’को सन्देश पनि दिए ।

एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनलाई लिएर असन्तुष्टि चुलिएका बेला ओलीले भने भट्टलाई आफ्नै जिल्लामा आमन्त्रण गरी महत्व दिएर २ जेठमा जस्ताको तस्तै फर्किन नसकिने सन्देश दिएका छन् । १० बुँदे कार्यान्वयनमा अध्यक्षले फरक कुरा गरेको भन्दै कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका बेला ओलीले पनि रावललाई झापाबाट स्पष्ट सन्देश दिएका छन्, ‘लेखराज भट्टलाई छाड्न सकिँदैन ।’

२ जेठमा जस्ताको तस्तै फर्किँदा सुदूरपश्चिम प्रदेश संयोजक भीम रावल हुनेछन् । तर पूर्वमाओवादीबाट आएका नेतालाई पनि समायोजन गरेर जानुपर्ने तर्क नेतृत्वले गर्दै आएका छन् । जसअन्तर्गत अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाइसकेका छन् । यसमा रावलले असहमति जनाउँदै आएका छन् । १० बुँदे कार्यान्वयनको हकमा अन्य प्रदेशमा कार्यान्वयन भए पनि सुदूरपश्चिममा जटिल बन्न पुगेको छ ।

ओलीले विगतमा नेकपा र सरकारमा अल्पमतमा पर्दा साथ दिएको भन्दै रामबहादुर थापा ुबादलुलाई बागमती प्रदेश र लेखराजलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिए । १० बुँदेअन्तर्गत बादललाई प्रदेश इन्चार्ज मानिसकिएको छ । तर सुदूरपश्चिममा रावलले आफू संयोजक हुनैपर्ने आशयका साथ अडान राखेका छन् । भलै उनले व्यक्तिगत हिसाबले भन्दा पनि समग्र १० बुँदे कार्यान्वयनका लागि भनिरहेका छन् । तर १० बुँदे बल्झिनुमा सुदूरपश्चिममा रावल कि भट्ट भन्ने प्रतिस्पर्धा नै हो ।

यो प्रतिस्पर्धाका बीच ओली भने लेखराजलाई च्यापेर हिँडेका छन् । सुदूरपश्चिममा लेखराज दायाँबायाँ हुन्न भन्ने सन्देश पनि दिइरहेका छन् । अहिले सुदूरपश्चिममा रावल र भट्टबीच वर्चश्वको लडाइँ चलिरहेको छ,जसमा नेतृत्वले भट्टलाई महत्व दिएको झापा भ्रमणबाट प्रष्ट हुन्छ ।
पहिला माधव समुहमा लागेर ओलीको बिरोध गर्दै राष्ट्रपति कार्यलयदेखि सर्वोच्च अदालत सम्म हस्ताक्षर गरेर हिँडेका रावल १० बुदे सहमति पछि एमालेमै रहेपनि अब उनलाई भट्टलाई जति स्पेस दिन नसक्ने ओलीको सन्देशबाट रावल असन्तुष्ट बनिरहेको देखिन्छ ।
उनले सुदुरपश्चिम प्रदेश ईन्चार्ज माग गरिरहेका छन् तर अध्यक्ष ओली त्यो दिन तयार छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी