मदन भण्डारीको हत्याको प्रमाण ओलीले लुकाएको खतिवडाको गंभीर आरोप

मदन भण्डारीको हत्याको प्रमाण ओलीले लुकाएको खतिवडाको गंभीर आरोप

  • शनिबार, कार्तिक ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 26.4K
    SHARES

झापा । नेकपा (एकीकृत समाजवादी) पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर आरोप लगाएका छन् ।
झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको जिकिर गरे ।
ओलीले आफू दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत हत्याराको खोजी गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन् ।
साथै राष्ट्रपति भण्डारी पनि प्रमाण लुकाउन संलग्न रहेको उनको आरोप छ ।
उनले एमालेले मदन भण्डारीको नाम बेचेर खाईरहेको पनि आरोप लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ