यही अवस्थामा एमसीसी पास हुँदैनः परराष्ट्रमन्त्री खड्का

यही अवस्थामा एमसीसी पास हुँदैनः परराष्ट्रमन्त्री खड्का

  • शनिबार, कार्तिक ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

विराटनगर कार्तिक ६ । परराष्ट्रमन्त्री नारायण खडकाले यही अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँको कुराकानीमा उनले सबै दलको साझा सहमतिमा मात्रै एमसीसी पास हुने र अहिले त्यो अवस्था नदेखिएको बताए ।
हिजो मात्रै प्रधानमन्त्रीले एमसीसी जस्ताको तस्तै पास हुने बताएका थिए ।
यसैबीच मन्त्री खड्काले तत्काल नयाँ निर्वाचनमा जाने स्थिति नरहेको भन्दै सत्तारुढ दलहरुबीच सहमति भएमा भने चैत बैशाखमा चुनाव हुन सक्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत जानुभन्दा अघि नै सत्तारुढ दलबीच प्याकेजमा सहमति गरेर प्रदेश सरकारको नेतृत्वको अन्तिम टुंगो लगाउने मन्त्री खडकाको दाबी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ