गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

  • शुक्रबार, कार्तिक ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 34.5K
    SHARES

काठमाडौं, ५ कात्तिक । नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ ।

शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वचालित पेसी प्रणाली लागू गराउन १५ दिनको समय दिएको हो ।

बारले अदालतको पेसी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भइरहेको व्यवस्थाबाट कतिपय गलत कार्यहरू भएकाले सोको सट्टामा स्वचालित पेसी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रूपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला  प्रणालीबाट पेसी तोक्ने भनी दिएको सुझाव कार्यान्वयन नभएकामा असन्तुष्टि जनाएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले समेत उक्त सुझाव आफ्नो प्रतिवेदनमा समावेश गरेको र प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाएर प्रधानन्यायाधीशले दुई महिनासम्म पनि सर्वोच्च अदालत फुलकोर्टबाट निर्णय गराई लागू गराउनेतर्फ तदारुकता नदेखाएको बारको ठहर छ ।

ुउक्त प्रतिवेदन तत्काल लागू गराउने समय सीमासहितको प्रतिबद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था रहँदैनु, बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ुयस स्थितिमा सर्वोच्च अदालतले उल्लेखित प्रतिवेदन कार्यान्वयनको प्रतिबद्धता तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौँ ।

बारले यस विषयमा प्रधानन्यायाधीश जबरालाई भेटेर छलफल गर्ने निर्णय पनि गरेको छ । आइतबार जबरालाई भेटेर समसामयिक समग्र विषयमा छलफल गर्ने र उक्त छलफलपछि बारले थप निर्णय लिने महासचिव पौडेलले जानकारी दिए ।

न्यायपालिकाको समग्र सुधार गरी स्वतन्त्र, स्वच्छ, निष्पक्ष, शीघ्र न्याय प्रदान गर्न र समग्र न्याय प्रशासनलाई चुस्त दुरुस्त राख्ने जिम्मेवारी प्रधानन्यायाधीशको भएको बारले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ