जहाँ जनता न्याय खोज्न अदालत र प्रहरी हैन देवताको जान्छन !

जहाँ जनता न्याय खोज्न अदालत र प्रहरी हैन देवताको जान्छन !

  • बिहिबार, कार्तिक ४, २०७८
  • हेमन्त केसी

  • 7.8K
    SHARES

जाजरकोट, ४ कात्तिक । नलगाड नगरपालिका–८ स्थित बतासे चिउरी सामुदायिक वन समुहमा अघिल्लो वर्ष आगो लगाइयो । आगो लगाउने व्यक्ति पत्ता नलाग्दा स्थानीय महादेव देवताको थान ९ मन्दिर०बाट एक मुठी ध्वजा लिएर गाउँभरीका स्थानीयलाई आगो लगाएको हो वा होइन भन्दै छुन लगाइयो ।

आगो लगाएको व्यक्तिले नलगाएको भन्दै उक्त ध्वाजा छोएमा अनिष्ट हुने र दुस्ख पाउने विश्वासका साथ उक्त ध्वाज छुन लगाएको थियो । त्यस्तै बारेकोट गाउँपालिका(८ लैखममा आइती खत्रीको जमिनमा रोपिएको मकैबाली स्थानीयवासीका पशुचौपायले खाएको भन्दै सत्य,तथ्य पत्ता लगाउन महादेव देवताको ध्वजाको सहारा लिइएको थियो ।

सबै छिमेकीलाई सो ध्वजा छुवाउँदा पनि मकै खुवाउने पत्ता नलागेपछि उक्त ध्वजा लिएर मन्दिरमा गई सक्कल, भक्कल साथ जसको पशुचौपायले खाएको उसैको नाश होस् भनि मन्दिरमा ध्वजा राखियो । त्यतिमात्र होइन, जाजरकोट अधिकांश गाउँमा पशुचौपायले अन्नबाली खाएमा, चोरी भएमा, झुट बोलेमा समेत देवताको ध्वजाकै सहरा लिन थालिएको छ ।

स्थानीय स्तरका भलादमीहरूले समेत देवताकै सहारा लिन आग्रह गर्दै आएको नलगाड नगरपालिका –८ स्थित पञ्च भयार माविका शिक्षक वीरबहादुर खत्रीले बताए । उनले भने, ‘गाउँमा जे विश्वास लाग्छ त्यही गर्छन् । दैनिक देवी ,देवताकै पूजाआजादेखि सेवा गरिन्छ । देखिनेभन्दा नदेखिने वस्तुकै बढी डर लाग्दो रहेछ, त्यसैले पनि विश्वास बढी लागेको होला ।’

ुगाउँमा बिरामी पर्न बित्तिकै सुरुको अस्पताल भनेकै देवताका धामी हुन्ु, उनले थपे । प्रहरी र स्थानीय न्यायिक समितिभन्दा अगाडि धामी र देवताको मन्दिरमै पुग्ने गरेको उनले बताए ।

आफूलाई मन नपरेको व्यक्तिले छोरी, बहिनी बिहे गरेमा समेत देवी, देवताको मन्दिरमै गएर न्याय माग्ने चलन बढ्दै गएको छ । जमिन लगाएको अन्नबाली भित्र्याउनसमेत देवताकै आशिर्वाद लिनुपर्ने चलनसमेत बाध्यकारी हुँदै आएको छ । अशिक्षित परिवारमा मात्र होइन, शिक्षक, कर्मचारीको घरमा समेत यस्ता खालका चलनहरू अझै जरो गाडेर बसेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।

‘बिरामी हुँदा अस्पताल ल्याउनुको साटो धामी कहाँ लाने चलनले गर्दा समस्या हुँदै आएको छ । हाम्रा पढेलेखेका बुद्धीजीवि भनिनेहरूले समेत सोही कुरा गर्न सल्लाह दिन्छन्’, उनले भने, ुचोरी,पैठारी भएमा प्रहरीको सहयोग लिनुको साटो देवताको शरणमा पुगेमा कहाँबाट न्याय पाइनु ।ु

समाज परिवर्तनको खोक्रो नारा लगाएर मात्र हुँदैन, गाउँवस्ती स्तरमा पनि त्यो कुराले छुनुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन् । । सदरमुकाममै भारी मात्रामा छुवाछुतदेखि देवताको शरणमा पुगेर न्याय माग्नेको चलन रहेको र गाउँमा झन बढेको शाहले भने । पाँच सयको क्षति हुँदा तीन हजार रुपैयाँको बोको मन्दिरमा चढाएर न्याय माग्ने चलनले गर्दा मानसिकता ध्वास्त भएको उनको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी