बाढी पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख र घर बनाउन तीन देखि पाँच लाख रुपैया दिने सरकारको निर्णय

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख र घर बनाउन तीन देखि पाँच लाख रुपैया दिने सरकारको निर्णय

  • बुधबार, कार्तिक ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, कात्तिक ३ । सरकारले हालै आएको बाढी पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई राहत दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएकाका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणका अनुसार परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको मृत्यु भए एक लाख थपेर दिने निर्णय भएको छ । घाइतेको निःशुल्क उपचार र राहतको व्यवस्था गरिने छ ।

प्राकृतिक विपत्तिमा घाइते र फसेकाहरुको उद्धारका लागि आवश्यक परेमा नेपाली सेनाका अतिरिक्त निजी क्षेत्रको हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ ।

यसैगरी, विपत्तिमा परी घरबार गुमाएकाहरुका लागि राहतस्वरुप हिमाली क्षेत्रमा एउटा घर निर्माणका लागि पाँच लाख, पहाडी क्षेत्रमा चार लाख र तराईमा तीन लाख दिने निर्णय पनि गरिएको छ ।

जमिन नभएकाहरूका लागि जमिन खरिद गर्न थप तीन लाख दिने र त्यो पनि सम्भव नभए सरकारले सामूहिक रूपमा आवास निर्माण गर्ने निर्णय पनि गयिरएको मन्त्री खाँणको भनाइ छ ।

देशभरका किसानको बालीमा पुगेको क्षतिको तथ्यांक संकलन गर्ने पनि सरकारले जनाएको छ । जतिसक्दो छिटो राजमार्गको अवरोध खोल्ने, अवरुद्ध विद्युत् र सञ्चार सेवा सुचालु गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ