न दँशै न तिहार चौरी हेरेर यसरी वित्दैछ उनीहरुको दिन

न दँशै न तिहार चौरी हेरेर यसरी वित्दैछ उनीहरुको दिन

  • शनिबार, अशोज ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

दिलकुमार लिम्बु । ताप्लेजुङ २९ असोज । आज दशैंको मुख्य दिन हो । मान्यजनहरूको हातबाट टीका लगाउने र आशिर्वाद लिने दिन हो । आज टीका लगाउन र आशिर्वाद लिन प्रायः सबै व्यस्त छन् । तर। लेकाली समदायहरूको न त दसै आउँछ, न त तिहार नै । तिनै लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा । उनी फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलाका स्थानीयवासी हुन् । उनी चौँरी याकहरूसँग रमाउन थालेको ६५ वर्ष नै भयो । किनकि उनी चौँरी याक गोठमै जन्मेर चौँरी याकहरूको पछिपछि लाग्दै अहिले ६५ वर्ष पुगेका हुन् ।

समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाईमा अवस्थित मौवटारमा याक गोठ उनले सारेका हुन् । छोरा छोरीलाई अंशको रूपमा सबैलाई याक बाँडिदिएर उनीसँग ३० वटा याक रहेका छन् । १० वटा दुहुनो याक उनीसँग छन् । बिहान उठ्नबित्तिकै एक मक दुध चिया लिएपछि झिसमिसमै दुहुनो याकहरू बटुलेर दुध दुहँुदै घाम शिरमाथि पुग्छ ।

चौँरी याकहरूलाई चरन क्षेत्रमा पु¥याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहानको दुधलाई मोही, घिउ र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगेको हुन्छ । साँझ परेपछि चारतिर छरिएर रहेका चौँरी याकहरूलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म पारी डाँडामा जुन उदाएको हुन्छ ।
लेकाली बस्तीका समुदायहरूको दैनिकी हो यो । लेकाली समुदायहरूको मुख्य पुर्खौली पेसा चौँरी याक पालन हो । वर्ष दिनमा आउने चाडबाड दसैं तिहार वस्तुभाउका कारण चासो दिन नसकिएको फक्ताङलुङ गाउँपालिका—७ का हेम्वे शेर्पाले बताए ।

चौँरी याकहरूसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ, कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको स्थानीय तेन्जिङ शेर्पाले बताए ।समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित मौवटारमा चारवटा घुम्ती गोठहरू छन् । सिंजेमा पोखोरी क्षेत्रमा तीनवटा घुम्ती गोठहरू रहेका छन् । याङमा क्षेत्रमा नौवटा याकहरूको घुम्ती गोठहरू रहेका छन् । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ वटा चौँरी याकहरूको घुम्ती गोठ रहेका मिक्वाखोला गाउँपालिका—५ का वडा अध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँका धेरै लेकाली बस्तीहरू छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदायहरूले पशुपालनमा निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ—७ का स्थानीय चुङदाक शेर्पाले बताए ।

सहर बजारमा दसैंको उत्साह छाएको छ । तर, हिमाली बस्तीहरूमा दसैं तिहारको न त उत्साह न त उमङ्ग दैनिकी चौँरी याकसँगै हिमालका टाकुराडाकुराहरू चहार्दै अस्ताउँछ घाम ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी