देखिएन दशैँको चहलपहल

देखिएन दशैँको चहलपहल

  • शुक्रबार, अशोज २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पाल्पा, २९ असोज। पाल्पामा पनि शुक्रवार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा विजयादशमीको टीका लगाइएकोे छ । नेपालीहरुको महान् पर्व दशैँमा यसवर्ष यहाँ त्यति चहलपहल देखिएन ।
टीका ग्रहण गर्न र आशीर्वाद लिन नागरिकहरु घरभित्रै सीमित रहेको पाइएको छ । कोरोना महामारीको जोखिम अझैपनि रहेकाले परिवारभित्रै मान्यजनका हातबाट टीका ग्रहण गरेर दशैँ मनाइएको बताउनुहुन्छ पाल्पा रामपुरका दीपेन्द्र भट्टराई ।
“कोरोनाको असर अझैपनि कायमै छ, गतवर्ष र यसवर्ष घरपरिवारसँगै स्वास्थ्यका मापदण्ड अपनाएर टीका ग्रहण गर्ने काम भयो, बिगतका वर्षमा जस्तो यस वर्ष दशैँको खासै उमङ्ग छैन, परम्परा धान्ने काम मात्रै भयोे” उहाँले भन्नुभयो ।
पहिलेका वर्षहरुमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन गाउँ गाउँमा आज टीकाको दिन निकै चहलपहल हुन्थ्यो । यस वर्षको दशैँमा अघिल्लो वर्षभन्दा केही बढी भएपनि आफन्त र नातेदारसँग मात्रै टीका ग्रहण गर्ने र आशीर्वाद थाप्ने गरिएको स्थानीय रुद्र नेपाली बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पहिला त टीकाको शुभसाइतमा घरमा टीका लगाएर छरछिमेक र आफन्तकहाँ राति अबेरसम्म पनि पालैपालो पुग्ने गरिन्थ्यो, अहिले त्यसरी टीका लगाउने प्रचलन हट्दै गएको छ, कोरोनाको असरले पनि होला परिवार र आफन्तबीच मात्रै टीका लगाउने गरिन्छ ।”

पिङ नखेली मनाइयो दशैँ
दशैँका बेला पिङ खेल्नुपर्छ भन्ने पुरानो मान्यता छ । वर्षमा एकपटक धर्ती छोड्नुपर्ने र दशैँमा पिङ खेलेर धर्ती छोड्नुपर्ने परम्परा रहेको बताइन्छ । यसपाली भने पिङ नखेलिकनै दशैँ मनाइएको रामपुरस्थित स्थानीय शारदा रेग्मीले बताउनुभयो ।
“गाउँघरमा पछिल्ला वर्षहरुमा त पिङ राख्नै छाडे, अहिले त झन् कोरोनाको जोखिम पूरै हटेको पनि छैन । दशैँमा एक पटक भएपनि पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । पिङ बिनाको दशैँ खल्लो जस्तै भयो” उहाँले थप्नुभयो, “दशैँको टीका लगाएपछि आफन्त र साथीभाइसँग गाउँमा पिङ खेलेर रमाइलो गरिन्थ्यो” उहाँले भन्नुभयो । पिङले दशँैमा छुट्टै रौनक ल्याउँथ्यो तर पछिल्लो समयमा यो परम्परा पनि हराउँदै जाँदा दशँैमा पहिला जस्तो हर्षोल्लास देखिँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ