सत्ताकै आडमा कञ्चनपुरका काँग्रेस नेता साउदको घरमा जुवाखाल ! प्रहरी ठुलावडालाई जोगाउन तल्लिन ?

सत्ताकै आडमा कञ्चनपुरका काँग्रेस नेता साउदको घरमा जुवाखाल ! प्रहरी ठुलावडालाई जोगाउन तल्लिन ?

  • बिहिबार, अशोज २८, २०७८
  • डम्मर भट्ट

  • 12.7K
    SHARES

कञ्चनपुर , असोज २७ । सत्ताधारी नेपाली काँग्रेस कञ्चनपुरका नेता मिन बहादुर साउदले सत्ताकै आडमा घरमा जुवखाल संचालन गरेको पाईएको छ । मंगलबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित काँग्रेस नेता साउदको घरबाट प्रहरीले जुवा भईरहेकै अवस्थामा एक्सनज गरेको थियो ।
जुवाखालबाट करिब ३ लाख सहित ९ जना जुवाडेलाई पक्राउ गरेपनि केहीलाई भगाएको विषय बाहिरएको छ । सत्ताधारी काँग्रेस नेताकै घरमा जुवाखाल भएपनि नेता, ठुला व्यवसायी समेत रहेको भन्दै सानालाई पक्राउ गरि ठुलालाई समातेको विषय बाहिरएपछि प्रहरी विवादित बनेको छ ।
काँग्रेस नेताको घरबाट जुवाडी पक्राउ गरेपनि प्रहरीले त्यसलाई ढाकखोप गर्न सकृय देखिएको छ । काँग्रेस केन्द्रीय सदस्य एव पुर्वमन्त्री रमेश लेखक निकट नेता साउदको घरबाट प्रहरीले जुवाखाल भईरहेका बेला पक्राउ गरेपनि प्रहरी उक्त घटनालाई मिलाउन सकृय देखिएको छ । काँग्रेस नेता रमेश लेखकको दवावमा प्रहरीले आफैले अपराध नियन्त्रण गरेपनि आफै लुकाउन सकृय देखिएको छ ।
दशैँ, तिहारका बेला प्रहरीले गैर कानुनी रुपमा खेलाईने जुवा नियन्त्रणका लागि राम्रो काम गरेपछि प्रहरीका हाकिम नेता र सत्तासामु निरिह भएकाले घटना लुकाउन तफ उद्यत देखिएको छ । यही घटना बारे सोधपुछका लागि कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बोक्ने ९८५८७५०९१७नम्बरको मोवाईमा पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठानएनन् । सत्ताधारी काँग्रेस नेता साउदको घरबाट जुवाडे पक्राउले प्रहरीलाई तनाव भएको छ ।
जुवाही पक्राउ गरेपछि सत्ताधारी काँग्रेस नेता साउदको घर भएको थाहा भएको हो वा, कुनै बार्किनिङ्ग नमिलेपछि पक्राउ गरेको बारे अन्यौलता छाएको छ । सानो दुई पैशाको समान बरामद गरेपछि हजारौँ संचार माध्यममा ईमेल गर्ने प्रहरीले जुवारी पक्राउ प्रकरण छाकछेप गर्दै आएको छ । यसरी प्रहरीको भूमिकाप्रति आम जनमास संस्कापद भएका छन । कञ्चनपुरमा कतै खुलेयाम जुवा कतै लुकिछिपी भएपनि कहीकतैको मात्रै पक्राउ गर्ने प्रवृतिले प्रहरीको अशुली धन्दा शुरु भएको समेत व्यवसायीको आरोप छ । व्यवसायीले प्रहरीकै मिलोमतोमा जुवातास जस्ता धन्दाहरु हुने र प्रहरीलाई पैशा दिन छाडेपछि समात्दै आएको गम्भिर आरोप कहिल्यै नछुट्ने भएको छ । प्रहरीको जुवाखालमा कुनै स्वार्थ नभए घटना बारे स्पष्ट पार्नुपर्ने नागरिकको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी