असोज २४ ,काठमार्डौ ।
आफु विवादमा तानिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका हुन् ।
नाताले मन्त्री हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको जेठान हुन् । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।
हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline