नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले सपथ लिए

नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले सपथ लिए

  • शुक्रबार, अशोज २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ,२२ असोज । नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाएकी हुन्। नेपालको संविधान २०७२ को धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले मन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई सपथ खुवाएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएको ८३ दिनपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। यसअघि कांग्रेसबाट ३ मन्त्री र एकराज्यमन्त्री र माओवादीको तर्फबाट २ मन्त्री नियुक्त भएका थिए। नयाँ  मन्त्री थपिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो। संविधानबमोजिम मन्त्रिपरिषद् २५ सदस्यीय हुने व्यवस्था छ।

नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा दिलेन्द्रप्रसाद बडू, रक्षामन्त्रीमा मिनेन्द्र रिजाल, खानेपानी मन्त्रीमा उमाकान्त चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा रेग्मी भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । रामचन्द्र पौडेल समूहबाट बडू र रिजाल मन्त्री बनेका हुन् । यस्तै सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बनेका हुन्। रेग्मी देउवा निकट हुन् । यसअघि प्रधानमन्त्री देउवाले कांग्रेसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रीमा कार्की र परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका थिए। यसअघि स्वास्थ्य राज्यमन्त्री भएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ।

नेकपा माओवादी केन्द्रको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री, महेश्वर गहतराज मन्त्री बनेका छन् । यस्तै वोधमाया कुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसअघि ऊर्जा मन्त्रालय पम्फा भुषाल र अर्थ मन्त्रालय जनार्दन शर्माले जिम्मेवारी लिएका थिए ।

यस्तै, नेकपा एकीकृत माजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी विरोध खतिवडालाई दिइएको छ । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकासमन्त्रीमा रामकुमार झाँक्री, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।

जनता समाजवादी पार्टीको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, वन तथा वातावरणमन्त्री रामसहाय यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव बनेका हुन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद नै नभएका गजेन्द्र हमाललाई नियुक्त गरिएको छ। उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री भएको भन्दै सर्वत्र आलोचना भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ