एमाले प्रदेश सरकार बिहीन हुने निश्चितः प्रदेश १ र बागमतीमा एकीकृत समाजवादीले सत्ता चलाउने

एमाले प्रदेश सरकार बिहीन हुने निश्चितः प्रदेश १ र बागमतीमा एकीकृत समाजवादीले सत्ता चलाउने

  • बिहिबार, अशोज २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

शुरुमा दुई तिहाईको केन्द्रीय सरकार र ६ वटा प्रदेश सरकार चलाए पनि नेकपा विभाजित भएपछि धमाधम ती सरकारहरु ढल्दै गए । नेकपा विभाजनको सबै भन्दा ठूलो मार एमालेलाई परेको देखिएको छ । एकातिर उसको केन्द्रीय सरकार ढलेको छ भने प्रदेश तहमा पनि एमाले सरकार बिहीन हुँदैछ ।
गण्डकी प्रदेशमा पृथ्वी सुव्वा गुरुगं, लुम्विनीमा शंकर पोखरेल बाहिरिएपछि एमालेले पछि मुख्यमन्त्री बनाएका बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश एक का भीम आचार्य पनि हट्ने निश्चित देखिएको छ । यसपछि एमाले प्रदेश सरकार बिहीन हुनेछ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भोली विस्वासको मत लिँदैछन् । त्यसमा उनले विस्वासको मत नपाउने निश्चित देखिएको छ । उनले विस्वासको मत नपाउना साथ एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीका राजेन्द्र राईले मुख्यमन्त्री पाउने भएका छन् । यसका लागि गठबन्धनका दलहरुबीच सहमति बनेको छ ।
यसै गरी बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले २४ गते विस्वासको मत लिने भएकी छन् । त्यसमा पनि उनले विस्वासको मत पाउने संभावना देखिएको छैन । उनी हटेपछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निश्चित अवधिका लागि मुख्यमन्त्री हुने लगभग पक्का देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ