भारतसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको प्रयास, काँग्रेसको प्रतिनिधिमण्डल भारत प्रस्थान

भारतसँग सम्बन्ध सुधार्ने प्रधानमन्त्रीको प्रयास, काँग्रेसको प्रतिनिधिमण्डल भारत प्रस्थान

  • बिहिबार, अशोज २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग सम्बन्ध सुधार्ने प्रयास गरेका छन् । यसैका लागि देउवाले नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डल भारत पठाएका छन् ।
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली नयाँ दिल्ली प्रस्थान गरेको हो । यो भ्रमणलाई नेपाल र भारतबीचको सम्बन्ध सुधारका रुपमा लिइएको हो ।

भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन् । चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए ।

दिल्ली प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ