क्याविनेटले आज पूर्णता पाउँछ, मन्त्रीहरुको सपथ हुन्छ :प्रचण्ड

क्याविनेटले आज पूर्णता पाउँछ, मन्त्रीहरुको सपथ हुन्छ :प्रचण्ड

  • बिहिबार, अशोज २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

बिहीबार टिभी पंचली ऐट केको उद्घाटन गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाउने र उस्तै परे आजै मन्त्रीहरुले सपथ लिने बताए । उस्तै परे क्याविनेटमा आज सपथ ग्रहण हुन्छ होला । पूर्णता पाउँछ, उनले भने ।

आफूले समावेशिता, समानुपातिकता र हिजोको राज्यद्वारा विभेदमा पारिएका सबै वर्ग समुदायलाई अगाडि ल्याउन लगातार कोसिस गरिरहेको भन्दै दाहालले भर्खरै पार्टी कमिटीमा ३५ प्रतिशत महिला प्रतिनिधित्वको निर्णय भएको सुनाए । ुसंविधानमा ३३ प्रतिशत छ । हामी ३५ पुर्‍याउनेमा छौं, उनले भने ।

दाहालले क्याविनेटमा आफ्नो पार्टीबाट ५० प्रतिशत महिला पुर्‍याएको पनि बताए । मधेसी, जनजाति, दलितलाई समेट्ने प्रयास गरिएको उनको भनाइ थियो ।

दाहालले सामाजिक रुपान्तरणका लागि जनमत ठूलो कुरा भएको भन्दै श्रमजीवी जनताको पक्षमा जनमत निर्माण गर्न सुझाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ