नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुमा ५० प्रतिशत महिला समावेश गरेका छन् । प्रतिशतका हिशाबले माओवादीले गरेको यो निर्णय अहिले सम्मकै ठूलो हुन सक्छ ।
देउवाले प्रधानमन्त्रीमा शपथ खाएकै दिन दुई मन्त्री पठाँउदा पनि एक महिला मन्त्री पम्फा भुषाललाई समावेश गरेका प्रचण्डले थप चार मन्त्री सिफारीस गर्दा दुई महिलाको छनौट गरेका छन् ।
त्यसमा शसि श्रेष्ठ र धनुषाकी बोधमाया यादव रहेकी छन् । माओवादीको भागमा परेको कुल ५ मन्त्री र एक राज्य मन्त्री गरी ६ जनामा आधा महिलाहरु देखिएका छन् ।
अहिले सम्म काँग्रेसले महिला पठाईसकेको छैन । उसले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरीसकेको छ ।
नेपालमा जनयद्ध गर्दा देखि नै महिलाको समान अधिकारको नारा लगाएको माओवादीले यस पटक भने महिलामाथि न्याय गरेको चर्चा छ ।
माओवादी माआन्दोलनकै एजेण्डाको रुपमा हाल ३३ प्रतिशत महिला राज्यका निकायहरुमा अनिवार्य सहभागी हुनु पर्ने संवैधानिक व्यवस्था नै रहेको छ ।