काठमाडौँ असोज २० । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
यस पटक मन्त्रीको चर्चामा रहेका भोजपुरका सुदन किराती र उदयपुरका सुरेस राई यस पटक पनि मन्त्री हुन सकेनन् । उनीहरुले पार्टी भित्र मन्त्री बन्न पाउनु पर्ने लविगं गर्दै आएका थिए ।
यस पटक पनि प्रदेश १ बाट मन्त्री नभएपछि पार्टी भित्र असन्तुष्टी बढेको स्रोतको दाबी छ । पूर्वलाई फेरी पनि पछि पारिएको छ , एक नेताले भने पार्टीको यही उपेक्षाका कारण पार्टी समस्यामा पर्दै आएको छ ।
यसअघि माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादीले बुधबार टुंगो लगाएका व्यक्तिहरु पहिलोपटक मन्त्री बन्न लागेका हुन् । पौडेल स्थायी समितिका सदस्य हुन् ।
यस्तै शशी श्रेष्ठ प्रतिनिधिसभा राज्य व्यवस्था समितिकी सभापति हुन् । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । पार्टी केन्द्रीय सदस्य हुन् श्रेष्ठ । गहतराज बाँके १ बाट निर्वाचित सांसद हुन् ।
धनुषाकी बोधमाया पनि केन्द्रीय सदस्य हुन् । उनी समानुपातिकबाट सांसद छिन् । उनी माओवादीले सशस्त्र विद्रोह सुरु गर्नु अघि नै हत्या गरिएका रामवृक्ष यादवका छोरी हुन् ।