काठमाडौं, २० असोज । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष ुप्रचण्डुको सान्दर्भिकता सकिएको भन्दै अब उनलाई आश्रममा पठाउनु पर्ने टिप्पणी गरेका छन् । उनले शिबपुरीको डाँडा नजिक आश्रम बनाएर उनलाई राख्नु पर्ने या त प्रेसरको औषधी खान दिनु पर्ने बताए ।
राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको रोदन शुरु भएको बताए ।
“माओवादीका घाइते अपाङ्ग लडाकुहरु अलपत्र परेर सडकमा हिँडिरहेका छन् । अरब गएर भेडा चराइरहेका छन् । अध्यक्ष प्रचण्ड आफ्ना आसेपासे वरीपरी राख्नुहुन्छ । छोरीलाई मेयर, ज्वाइलाई राजदूत चाहिएको छ । बस्नेतले आरोप लगाए । प्रचण्डलाई पापको भारीले पोल्ने गरेको उनको ब्यग्य छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline