पन्थ सचिवमा बढुवा, यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

पन्थ सचिवमा बढुवा, यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

  • मङ्लबार, अशोज १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौं, १९ असोज। सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यही २४ देखि २८ असोजसम्म हुने असंलग्न आन्दोलन, कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

उनका अनुसार बैठकले रोजगार अनुमति प्रणाली संचालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८ लाई स्वीकृत गरेको छ ।

यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्याधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई र ऋण असुली न्यायाधीकरणको कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ