जग्गा दलाल पोस्न काँक्रेविहारको वन मास्न लागेको आरोप

जग्गा दलाल पोस्न काँक्रेविहारको वन मास्न लागेको आरोप

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

सुर्खेत, १७ असोज। जग्गा व्यवसायीका लागि अनुकुल हुने गरी डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार संरक्षित वन क्षेत्रलाई मास्न थालेको आरोप छ । काँक्रेविहार संरक्षित वन क्षेत्रको जग्गा छोडेर कम्पाउण्ड वाल निर्माण गर्न थालेपछि स्थानीयले जग्गा मास्न लागेको आरोप लगाएका हुन् ।

सुर्खेतको काँक्रेविहार संरक्षित वन क्षेत्र नेपालको पहिलो संरक्षित वन हो । ३० वैशाख २०५९ मा सरकारले संरक्षित वन क्षेत्र घोषणा गरेको थियो । एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ ।

डिभिजन वन कार्यालयल सुर्खेतले काँक्रेविहार वन क्षेत्रको सीमा र निजी  व्यक्तिको नाममा दर्ता भएका जग्गाको सीमा छुट्याउने गरि पर्खाल निर्माण गर्न थालेको छ ।

काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षा मात्र नभइ पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइनमा पर्खाल निर्माण गर्न लागिएको हो । तर, डिभिजन वन कार्यालयका प्रमुख र अन्य कर्मचारीले जग्गा व्यवसायीलाई अनुकुल हुनेगरि काँक्रेविहार क्षेत्रको जग्गा छोडेर कम्पाउण्ड वाल लगाउन लागेको छ ।

महादेव खिम्ती हिराचन (केएसके) जोइन्ट भेन्चर कम्पनीले उक्त पर्खाल ११ करोड ८५ लाख ४२ हजार पाँच सय ६२ रुपैयाँमा निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

सीमा क्षेत्रमा निर्माणाधीन पर्खालभन्दा बाहिर ५–७ मिटर वनको जग्गा छोडेर भित्र पर्खाल निर्माण गरेको निर्माण कम्पनीका फिल्ड प्राविधिक महेन्द्रप्रसाद शर्माले बताए । ‘डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख गोविन्दप्रसाद दाहाल र वडाअध्यक्षको निर्देशनमा काँक्रेविहार वन क्षेत्रको जग्गा छोडेर पर्खाल लगाइएको हो,’ उनले भने, ‘पर्खालभन्दा बाहिर जग्गा छोड्ने निर्देशनअनुसार हामीले काम गरिरहेका छौं ।’ उनले दिएको जानकारीअनुसार काँक्रेविहार क्षेत्रको पर्खालभन्दा बाहिर करिब ६ हेक्टर वनको क्षेत्रफल मासिने भएको छ  ।

यसअघिसम्म कम्पाउन्ड वाल निर्माण नहुँदा काँक्रेविहार क्षेत्रभित्रको रिङ्गरोड (जंगल वरिपरिको बाटो) लाई देखाएर जग्गा व्यवसायीले प्लटिङ्ग जग्गा किनबेच गराएका थिए । पर्खाल निर्माणपश्चात उक्त रिङ्गरोड बन्द हुने भएपछि जग्गा व्यवसायी र डिभिजन वन कार्यालय प्रमुखको मिलेमतोमा जग्गा व्यवसायीको फाइदा हुनेगरि संरक्षित वन क्षेत्रको जग्गा सडकको लागि बाहिर छोडेर पर्खाल लगाउन लागिएको भन्दै स्थानीयले आलोचना गरेका छन् ।

पर्खालको सुरक्षाका लागि सीमाभित्रको जग्गा छोडेर पर्खाल लगाएको डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख दाहालले जानकारी दिए । ‘पर्खाल लगाउँदा सेडब्याकका लागि जग्गा छोडेको हो’ उनले भने, ‘यसका लागि लिखित छैन । प्राविधिक कुरा हो ।’ यद्यपि, पर्खालका लागि सेडब्याक छोड्ने प्रचलन नभएको जिल्ला प्राविधिक कार्यालय सुर्खेतले जनाएको छ ।

संरक्षित सीमाक्षेत्रको पर्खाल निर्माण गर्दा बुलबुले उद्यान क्षेत्रमा लगाएको पर्खाललाई उदाहरणको रुपमा लिन सकिने प्राविधिक जानकारहरू बताउँछन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले काँक्रेविहार क्षेत्रको सो पर्खाल निर्माणका सम्बन्धमा जानकारी नभएको र डिभिजन वन कार्यालयसँग बुझ्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी