प्रधानमन्त्री देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ताबीच झडप, शशांक बोलेपछि अनशन स्थगित

प्रधानमन्त्री देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ताबीच झडप, शशांक बोलेपछि अनशन स्थगित

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

धनगढी, १७ असोज । डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस केन्द्रीय नेता अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी रहेको कार्यक्रममा कार्यकर्ताबीच झडप भएको हो ।

कांग्रेस डडेल्धुरामा एकलौटी गरिएको वडा अधिवेशन स्थगित गरिनुपर्ने माग राख्दै सभापति कर्ण मल्ल समूहद्वारा विगत ११ दिनदेखि अनशन थालिएको थियो । अनशनमा ऐक्यबद्धता जनाउन केन्द्रीय सदस्यत्रय केसी, कोइराला र घिमिरे आइतबार डडेल्धुरा पुगेका थिए ।

सोमबार आयोजित कार्यक्रमलाई संस्थापन (देउवा) पक्षले बिथोल्न खोज्दा झडप भएको बुझिएको छ । कार्यक्रममा देउवा पक्षले कालोझण्डा देखाउन खोज्दा कर्ण मल्ल पक्षले प्रतिकार गर्दा झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी आधा दर्जन बढी कांग्रेसका कार्यकर्ता घाइते भएका छन् ।

प्रहरीले दुवै पक्षलाई तितरवितर पारेपछि अवस्था सामान्य रहेको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । उनकाअनुसार अनशन स्थलमा कार्यक्रम सकेर नेताहरु डडेल्धुराकै होटलमा बसेका छन् ।

यसैबीच डडेल्धुरामा वडा अधिवेशन पुनःगरिनु पर्ने र क्रियाशील सदस्यता वितरणमा छानविन हुनुपर्ने माग राख्दै विगत ११ दिनदेखि अनसनमा बसेका कांग्रेस नेताहरुले आइतबारदेखि अनसन स्थगित गरेका छन् ।

केन्द्रबाट आएका डा. शशांक कोइरालालगायतका नेताले डडेल्धुराको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि अनशन स्थगित गरिएको कांग्रेस डडेल्धुराका उप सभापति करुणकर भट्टले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ