अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्‍चा सिंह

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्‍चा सिंह

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, १७ असोज । माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह चयन भएकि छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान युवा नेतृ पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष तोकेका हुन्।

प्रचण्डले अध्यक्ष तोकेसँगै सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्। प्रचण्डले उनलाई अध्यक्ष तोकेपछि विद्यार्थी नेताहरुले विरोध जनाएका छन्। शनिबारसम्म चल्ने भएको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन विवादका कारण लम्बिएको छ।

अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत,पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम, उत्तम अधिकारी, दीपेश पुन दाबेदार थिए। दावेदारलाई पछि पार्दै सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेकी हुन्।

बस्नेत हालका वरिष्ठ उपाध्यक्ष र सिंह उपाध्यक्ष थिईन् । पञ्चा सिंह पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनी यसअघिको अधिवेशनबाट अनिल शर्माको प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । विद्यार्थी नेताहरुका अनुसार सिंह हालका अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छन्।

उनलाई प्रचण्ड र शर्माको जोडबलमा अध्यक्ष बनाइएको जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ