एमालेको विधान महाधिवेशन आज सक्ने तयारी, समुहका नेताको रिपोर्ट सकिए पछि नेताले जवाफ

एमालेको विधान महाधिवेशन आज सक्ने तयारी, समुहका नेताको रिपोर्ट सकिए पछि नेताले जवाफ

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदैछ। आज पाँच वटा समूहले आफ्नो नष्कर्ष पेश गरेपछि शिर्ष नेताहरुले यसमाथि जवाफ दिनेछन् । त्यसपछि स्थायी कमिटिले यी विषय समेटेर पार्टीको विधान एवं अन्य आधिकारिक दस्तावेजहरु फाईनल गर्नेछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको थियो ।

जसमध्ये पाँच वटा समूहले हिजै आफ्नो निष्कर्ष पेश गरिसकेका छन् । उनीहरुले एमसीसीबारे पार्टीको धारण स्पष्ट हुनुपर्ने सुझाव दिएका छन् ।

यसैगरि एक वरिष्ठसहित सात जना उपाध्यक्ष र दुई जना उपमहासचिव राख्नु पर्ने निष्कर्ष पनि समूहगत छलफलले निकालेको छ । यस्तै विधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर हद पनि हटाउन माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ