गोदावरीमा मोजमजा गरेर , भोज खाएर अन्तिममा ओलीको प्रशंसामा गीत गाएर सकिन्छ एमालेको बिधान महाधिवेशनः भुषाल

गोदावरीमा मोजमजा गरेर , भोज खाएर अन्तिममा ओलीको प्रशंसामा गीत गाएर सकिन्छ एमालेको बिधान महाधिवेशनः भुषाल

  • शनिबार, अशोज १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

नेकपा एकीकृतका महासचिव वेदुराम भुषालले एमालेको विधान महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् । उनले आज आयोजित एक कार्यक्रममा बोल्दै एमालेको महाधिवेशन सरकारमा हुँदा भ्रष्टाचार गरेर कमाएको करोडाँै रकम खर्च गरेर मोज मजा गरेर भोज खाएर अन्तिममा ओलीको प्रशंसामा गीत गाएर समाप्त हुने टिप्पणी गरेका छन् ।
भुषालले ओलीको प्रशंसामा गीत गाउने कुम्भ मेला बाहेक एमालेको महाधिवेशनमा कुनै कुरा नदेखिएको भन्दै त्याहाँ कुनै पनि विचार र दृष्टिकोण नभएको तर्क गरे ।
घनश्याम भुषालको फरक मत समेत प्रस्तुत गर्न नदिईएको भन्दै उनले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने कुरा असंभव भएको ठोकुवा गरे ।
रेल, पानी जहाजको हावादारी गफ जस्तै एमालेको आगामी निर्वाचनमा बहुमतको कुरा पनि त्यस्तै हुने भुषालको जिकिर छ ।
उनले प्रधानमन्त्री देउवाले संसद विघटन गरेर अर्लि ईलेक्सनमा जाने कुरा संभव नभएको भन्दै अब छिट्टै सरकार विस्तार हुने दाबी पनि गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ