पानीका बोतल सम्ममा ओलीको तस्वीर टाँसिएको एमाले विधान महाधिवेशनमा व्यक्तिवादको बिरोध !

पानीका बोतल सम्ममा ओलीको तस्वीर टाँसिएको एमाले विधान महाधिवेशनमा व्यक्तिवादको बिरोध !

  • शनिबार, अशोज १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

अहिले एमालेको विधान महाधिवेशन चलिरहेको छ । हिजो उद्घाटन भएको विधान अधिवेशनमा राजनीतिक एजेण्डा र विधानको विषय भन्दा पनि ओलीका तस्वीरमय विषयहरुको सार्वजनिक चर्चा भयो । केपी ओली आईलभ यु , आज होईन भोलीलाई , दश बर्ष ओलीलाई जस्ता गीतहरु गुञ्जाईएका थिए ।
गाडी देखि अधिवेशन स्थल सम्म र मञ्चदेखि पानीका बोतल सम्मलाई ओलीमय बनाईएको महाधिवेशनको दोस्रो दिन समुहगत प्रतिनिधिहरुले पार्टीलाई संस्थागत बनाउनु पर्ने र व्यक्ति केन्द्रीत हुन नहुने आज सुझाव राखेका छन् ।
आज बोल्ने प्रदेश १ का टोली नेता भानुभक्त ढकालले व्यक्ति नभई पार्टी र नीति स्थापित हुनु पर्ने सुझाव दिए ।
बागमती प्रदेशको समुहमा पनि व्यक्तिलाई ब्रान्डिगं गर्ने कि पार्टीलाई भन्ने फरक फरक धारणा आएको समुह नेता आनन्द पोखरेलले रिपोर्टका क्रममा व्यक्त गरेका थिए ।
आज १० समुह मध्य ५ जना टोली नेताले सुझाव राखेका थिए । विधान महाधिवेशनमा ६ हजार बढी नेता कार्यकर्ता सहभागी छन् ।
समुहका नेताहरुले एमसीसीबारे पार्टीको धारणा स्पष्ट हुनु पर्ने पनि सुझाव दिएका थिए ।
बाँकी पाँच टोलीको तर्फबाट भोली सुझाव राखिने छ । त्यस पछि नेताहरुले जवाफ दिने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ