भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेकमा समेत फिल्डमै गएर जनगणना गर्ने सरकारको तयारी

भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेकमा समेत फिल्डमै गएर जनगणना गर्ने सरकारको तयारी

  • शनिबार, अशोज १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 26.1K
    SHARES

काठमाडौं । भारतले सन् १९६२ पछि सेना नहटाई अतिक्रमण गरेर राखेको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा यस पटक जनगणना गर्ने भएको छ । तथ्याङ्क विभागले त्याहाँ फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको छ । यस अघि अघिल्लो सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको भन्दै नक्सा समेत प्रकाशित गरेको थियो ।
सीमा विवादको मुख्य क्षेत्र रहेको सो ईलाकाका बिषयमा कुटनीतिक पहलका रुपमा सरकारले पत्राचार र वार्ताको लामो प्रयास गरेपनि त्यसमा भारतले सघन छलफल गर्न चाहेको थिएन ।

मंसीर ९ भित्र हुने जनगणनामा व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने तयारी भएको विभागका अधिकारीहरुले बताएका छन् । हाल सो क्षेत्रमा १ हजार जनसंख्या पुगेको अनुमान गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी