मुगुका पाँच बालिकाले तीन वर्षपछि परिवार भेट्दा…..

मुगुका पाँच बालिकाले तीन वर्षपछि परिवार भेट्दा…..

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

मुगु, १५ असोज ।  एउटा सामाजिक संस्थाले उच्चशिक्षासम्मै नि:शुल्क पठनपाठन गराइदिने आश्वासनमा मुगुबाट काठमाडौं पुगेका पाँच बालिकाको तीन वर्षपछि परिवारसँग पुर्नमिलन भएको छ ।

यहाँका विभिन्न बस्तीबाट जेवी फाउन्डेसन नेपाल नामक संस्थाले तीन वर्षअघि पाँच बालबालिकालाई काठमाडौं लगेको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका ती बालिकालाई फाउन्डेसनले १२ कक्षासम्मै नि:शुल्क पढाइदिने प्रतिबद्धता जनाएको थियो । तर, फाउन्डेसन कै आर्थिक अवस्था कमजोर भएपछि बालिकाको उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको हो ।

परिवारसँग तीन वर्षपछि पुर्नमिलन हुनेमा छायानाथ रारा नगरपालिका–१२ उर्मिला बिक, धनलाल बिक, कमलदेवी बुढा, बबिता बुढा र सोरु गाउँपालिका–८ गिलाह गाउँकी सबिता शाही छन् । संस्थालाई सहयोग गर्दै आएका विदेशी नागरिकले पछिल्लो समय सहयोग गर्न छाडेपछि संकटमा परेको हो । बालिकाहरूको राष्ट्रिय बाल अधिकार परिषदले उद्धार गरेको हो ।

उनीहरूको बिहीबार नै उद्धार गरिए पनि आज परिवारसँग पुर्नमिलन गराइएको हो । जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी, नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्ल, नेपाल पत्रकार महासंघ मुगु शाखाका उपाध्यक्ष दानबहादुर बुढाको रोहोवरमा परिवारसँग पुर्नमिलन गराइएको हो । ‘सुरुमा फाउण्डेसनको अवस्था राम्रै थियो । तर, पछिल्लो समयमा विदेशीले संस्था छोडेर गएपछि समस्या भयो,’ उद्धार गरिएकी उर्मिला बिकले भनिन् । बालिकाको भविस्य राम्रो होला भनेर काठमाडौं पठाएको अभिभावकहरूको भनाइ छ ।

अघिल्लो बर्ष पनि मुगबाट काठमाडौं पुगेका १० बालबालिकाको उद्धारपछि परिवारसँग पुर्नमिनल गराएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार गरिबी आर्थिक अभाव, अशिक्षाको फाइदा उठाउँदै केही व्यक्ति र संस्थाले प्रलोभनमा पार्दै मुगुबाट बालबालिकालाई जिल्ला बहिर लैजाने गरेको फेला परेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी