अन्य पार्टीलाई हेर्ने एमाले दृष्टिकोण : कांग्रेस दलाल पुँजीवादी, माओवादी अस्थिर, मधेशी संकीर्ण

अन्य पार्टीलाई हेर्ने एमाले दृष्टिकोण : कांग्रेस दलाल पुँजीवादी, माओवादी अस्थिर, मधेशी संकीर्ण

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १५ असोज । एमालेले कांग्रेसलाई दलाल पुँजीवादीको कित्तामा चित्रित गरेको छ । शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीवादी, माओवादीलाई अस्थिर र मधेशवादी दललाई संकीर्ण उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्तक्रियाकलापप्रति हाम्रो विरोध छ । यो पार्टी हाम्रो मुख्य प्रतिष्पर्धी पार्टी हो’, प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उल्लेख गरेका छन् ।

माओवादी केन्द्र र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच रहेको आरोप लगाउँदै ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘माओवादी केन्द्र, मूलतः ‘प्रचण्ड‘ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ ।’

मधेशवादी दलको संकीर्ण, यथास्थितिवादी सोचप्रति एमालेको असहमति रहेको ओलीले बताएका छन् । ‘मधेस–केन्द्रित दलका संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

केही दलहरू राजनीतिक राजतन्त्र फर्काउन चाहेकोप्रति आपत्ति रहेको भन्दै उनले भनेका छन्, ‘कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् । यसमा हाम्रो आपत्ति र विरोध छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ