संविधान जारी गर्नबाट रोक्न भएका प्रायोजित आन्दोलनलाई बेवास्ता गर्‍यौँ : केपी ओली 

संविधान जारी गर्नबाट रोक्न भएका प्रायोजित आन्दोलनलाई बेवास्ता गर्‍यौँ : केपी ओली 

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, १५ असोज । एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुनबाट रोक्ने विभिन्न चलखेल भएको स्मरण गराएका छन् ।

पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विभिन्न विषय झिकेर संविधान जारी हुनबाट रोक्ने आन्दोलन भएका स्मरण गराएका हुन् ।

‘संविधान जारी हुनबाट रोक्न वाह्य हस्ताक्षेप भित्र्याइयो । प्रायोजित आन्दोलन भए’, उनले भने, ‘तर, त्यसलाई बेवास्ता गर्दै हामीहरूले संविधानसभाबाट संविधान जारी गर्‍यौँ ।’

संविधान जारी हुन नदिने विभिन्न शक्ति समूहहरूको चलखेल भएका उनको भनाइ छ ।

एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।  अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ ।

गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजसम्म विधान महाधिवेशन चल्ने एमालेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ