आत्मसमर्पण त मैले गर्न सक्दिन, हजारौं सहिदहरूको ऋण मेरो टाउकोमा छ: प्रचण्ड

आत्मसमर्पण त मैले गर्न सक्दिन, हजारौं सहिदहरूको ऋण मेरो टाउकोमा छ: प्रचण्ड

  • बिहिबार, अशोज १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, १४ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्वमा पुगेकाहरू अवसरवादी बन्न पुगेको बताएका छन् ।
प्रचण्डले पद, प्रतिष्ठा, पैसा, कमिसनको निम्ती दलाल पुँजीपतिका हितहरूप्रति बढी संवेदनशील भएका र आफ्नै वर्ग यो परिवर्तनको निम्ती त्याग गरेकालाई बिस्मृतिमा पारिएको पनि बताए ।

अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभाको २०७७ पुस ५ को विघटनपछि आफ्नो अगाडि तत्कालीन प्रधानमन्त्री र नेकपाका अध्यक्ष केपी शर्मा ओली अगाडि आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प मात्र थिए भनेर बताए।

प्रचण्डले आफूले लड्ने विकल्प रोजेको पनि स्पष्ठ पारे । सत्ताबाट सडकमा पुग्दा कार्यकर्ताले सहयोग गर्ने हो कि होइन भन्ने अवस्थामा आफूहरू पुसको चिसोमा पनि सडकमा आएको उनको भनाइ थियो ।

आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमनको काम भयो । संविधानका उपलब्धि उल्ट्याउने कुरा भयो । उनले भने ।

क्रान्तिकारी एजेन्डा, माओवादी आन्दोलन सिध्याउने, घेराबन्दीमा राख्ने र सखाप पार्ने काम भएको प्रचण्डको आरोप थियो । प्रतिनिधिसभा विघटन गर्नु मात्रै थिएन त्यसको लक्ष्य संविधानका उपलब्धि उल्ट्याउनु थियो ।
आत्मसमर्पण त मैले गर्न सक्दिन । हजारौं सहिदहरूको ऋण मेरो टाउकोमा छ । या त मैले सुसाइड गर्नुपर्ने थियो या त लड्नपर्ने । अब लड्ने कि मर्ने ! मुक्ति वा मृत्युको ठाउँमा पुगेको देखेँ, प्रचण्डले भने ।

त्यसपछि आफ्नो टीमा नेताहरूले मिलेर लड्ने निर्णय लिएको पनि उनको बताए ।

पछिल्लो समय माओवादी नेताहरू बिग्रिन लागेको भन्दै प्रचण्डले भने, हामी बिस्तारै(बिस्तारै, थाहै नपाइकन गएको १० १५ वर्षयता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ ।पार्टीको नेतृत्वमा पुगेकाहरू अवसरवादी बन्न पुगेको पनि उनको भनाइ थियो । जसलाई धेरैपटक मन्त्री बनाए तीनै पतन भएको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ