महाधिवेशनलाई लक्षित गरेर अढाइ महिना मुख्यमन्त्री बनाउने देउवाको प्रस्ताव आपत्तिजनकः डा. कोईराला

महाधिवेशनलाई लक्षित गरेर अढाइ महिना मुख्यमन्त्री बनाउने देउवाको प्रस्ताव आपत्तिजनकः डा. कोईराला

  • बिहिबार, अशोज १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिना मुख्यमन्त्री मागेको कुरा प्रति आपत्ति जनाउदैँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्वीकार्य रहेको बताएका छन् ।

कोइरालाले कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य रहेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले महाधिवेशनलाई लक्षित गरी वागमतीमा अढाइ महिना मुख्यमन्त्री इन्द्र बानियाँलाई बनाउनुपर्यो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेको सार्वजनीक गर्दै आपत्ती जनाएका हुन् ।

दाहालले अढाइ महिना मुख्यमन्त्री बनाउन सहमत्ति जनाएपनि नेपालले भने पार्टीभित्र छलफल नगरी केही बताउन नसकिने बताएको जनाईएको छ ।वागमती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुुख्यमन्त्री रहेकी छिन् । यस्ता क्रियाकलापले पार्टी कमजोर हुने बताउनुभयो ।

‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु ।’कोइरालाले लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ