काठमाडौँ, १३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । अध्यक्ष नेपाल ज्वरो र खोकी कम नभएपछि आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको नेपालको सचिवालयले जनाएको छ ।
अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको स्वकीय सचिव मोहन गौतमले बताए ।
गौतमका अनुसार अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ ।
पूर्वप्रधानमन्त्री नेपाल सोमबारदेखि नै अस्वस्थ थिए । उनको उपचारमा शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline