जण्डिसको उपचार गर्न माओवादी नेता वर्षमान पुन बैंकक प्रस्थान

जण्डिसको उपचार गर्न माओवादी नेता वर्षमान पुन बैंकक प्रस्थान

  • बुधबार, अशोज १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, १३ असोज । स्वास्थ्यमा समस्या देखिएपछि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारको लागि थाइल्याण्डको बैकक जानुभएको छ ।

स्वास्थ्यमा लगातार समस्या देखिएपछि थप उपचारका लागि पुन आज बिहान थाइ एयरवेजमार्फत बैंकक प्रस्थान गर्नुभएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पुनलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । सो क्रममा उहाँको शरीरमा जण्डिसको मात्रा देखिएको छ ।

घरमा आराम गर्दा र औषधी खाँदा पनि सुधार नआएपछि नेपाली चिकित्सकहरुले नै थप उपचारका लागि बैंकक जान सुझाव दिएको पुनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि पनि निमोनिया भएपछि उहाँलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर पुन स्वदेश फर्किनुभएको थियो ।

विगत पाँच वर्षदेखि उहाँले बैंककमा नियमित उपचार गराइरहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ