१२ असोज, काठमाडौं । नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल आएका छन्।
भारतीय विदेश मन्त्रालयमा रहे नेपाल मामिला हेरिरहेका उनी तीन दिनसम्म नेपाल रहने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ।
नेपाल बसाईका क्रममा उनले विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछन् । उनको भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ। साथै उनले नेपाल र भारतबीच हुने परियोजना अनुगमन समितिको बैठकमा भाग लिने छन ।
नेपाल बसाइका क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग नेपाल भारत सम्बन्धका पछिल्ला आयामहरुका बारेमा छलफल गर्ने जनाईएको छ । यसअघि उनी भारतीय विदेश मन्त्रालयका प्रवक्ता थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline