परराष्ट्रमन्त्री नारायण खड्काद्धारा संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सम्बोधन

परराष्ट्रमन्त्री नारायण खड्काद्धारा संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सम्बोधन

  • मङ्लबार, अशोज १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै विश्वका ४५ लाख मानिसहरुले कोभिड १९ का कारण ज्यान गुमाएकोप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।

महामारीको यो संकटले संसारलाई पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेकोभन्दै उहाँले थप १५० करोड मानिसहरुलाई चरम गरीबीमा धकेलेको र कडा मेहनतले गरेको विकासमा असर गरेको बताउनु भयो ।

खड्काले खोप असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरुमा प्रतिकूल सामाजिक(आर्थिक प्रभाव छोडेर भ्याक्सिनलाई जनताको जीवनको हितको लागी सार्वजनिक सामानको रुपमा घोषणा गर्नु पर्ने बताउनुभयो ।

उहाँले कोभिड १९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसंघले खेलेको भुमिकाको प्रसंशासमेत गर्नुभयो । ‘कोभिडबाट उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न र संयुक्त राष्ट्रसंघीय प्रणाली सहित अन्तराष्ट्रिय समुदायले गरेका प्रयासहरुको प्रशंसा गर्दछु’, उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघले सबैलाई, सबै ठाउँमा भ्याक्सिनको निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गर्ने कुरालाई जोड दिएको छ ।’

खड्काले सम्बोधनका क्रममा जनताको जीवन सरकारको पहिलो प्राथमिकता भएके बताउँदै हालसम्म नेपालका २० प्रतिशत जनतालाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको जानकारी दिनुभयो ।

खड्काले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएपनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहेको बताउनुभयो । नेपालले ६३ वर्षदेखि शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा निरन्तर योगदान दिएको स्मरण गर्दै सबैभन्दा धेरै शान्ति मिसनमा सेना पठाउनेमा नेपाल पनि एक रहेको बताउनुभयो ।

खड्काले बहुपक्षीयता र राष्ट्रिय हितका विभिन्न मुद्दाहरुमा नेपालको स्थितिलाई उजागर गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ