चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

  • सोमवार, अशोज ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

११ असोज, काठमाडौं । विशेष अदालतले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।
तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव समेत रहेका शर्मालाई आज विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो। माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके शर्मालाई तारेखमा राख्न विशेष अदालतले आदेश दिएको छ।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आदेशमा भनिएको छ,‘प्रतिवादीले कर फछयौट आयोगमा रहि कार्य गर्दा विभिन्न करदाताहरुको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणहरुवाट देखिएको समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी अहिले नै निर्दोष हुन् भन्न सकिने स्थिति नदेखिएतापनि प्रतिवादी तत्काल भागी जाने वा प्रमाण नष्ट गर्नेसम्मको अवस्थापनि नदेखिएको र प्रस्तुत मुद्दा पुरक आरोपका रुपमा दायर हुन आएकोमा यसै मुद्दाको मुल आरोपपत्रबाट यस अदालतमा दायर रहेको मिति २०७४ सालमा यी प्रतिवादी उपर लिइएको आरोपदावी एवं यस अदालतबाट मिति २०७४।८।५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादी उपर दायर प्रस्तुत पुरक आरोपपत्रबाट श्रृजना हुन सक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन २०५९ को दफा ७ को खण्ड (घ) बमोजिम प्रतिवादी चुडामणी शर्मा ढकालबाट रु.५०,००,००० (पचास लाख रुपैयाँ) धरौट माग गरिएको छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ