११ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ ।
आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गरेको छ ।
बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।
स्थानीयस्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन ।राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म हुनेछ ।
आजको बैठकमा अहिलेको समसामयिक स्थितीहरुको बारेमा अध्यक्षले ब्रिफिङगरेका थिए । बैठकमा पार्टीको आन्तरिक सम्मेलनहरुको तयारी,स्थानीय निकाय, टोल, वडाहरुको भेला गर्ने विषयहरुमा छलफलहुनुका साथै यसअघि तय गरिएको समय कम भएकाले केहि पर सार्न आएको सुझाव अनुसार उक्त निर्णय गरिएको उनले बताए । पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने,टोल भेलाहरु कार्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ,कार्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पािलकाहरुको सम्मेलन भन्ने कुरो छ,राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।
त्यस्तै माओवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा सरकारको पूर्णताको लागि कानुन, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा पनि छलफल भएको थिए ।