मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारेर सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् ।
त्यसैगरी उपसभापति पदमा योगेन थापा मगर ३८० मत प्राप्त गरी बिजयी भएका छन् ।निकटतम् प्रतिष्पर्धीहरु धनकाजी खत्रीले ३४६, सन्दिप ओलीले १२६ र राजु अधिकारीले ५७ मत ल्याएका छन् ।
सचिवमा मनोज घिमिरे ३२७ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम् प्रतिष्पर्धीहरु मुकेश लिम्बुले २६८, अशोक राईले १५७ र लक्ष्मीप्रसाद काफ्लेले १२५ मत ल्याएका छन् । सहसचिवमा टिकाराम धमला २९६ मत प्राप्त गरी बिजयी भएका छन् ।
निकटतम् प्रतिष्पर्धीहरु चन्दन गौतम १६८, बिजय भट्टराईले २१३, नविन खतिवडाले १३५ र लोकेन्द्र थपलियाले ७१ मत पाएका छन् ।