पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी माईली छोरी लिमा अधिकारी सक्रिय राजनीतिमा प्रवेश गरेकी छन् । उनी अब माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट राजनीतिमा उदाउने रणनीतिमा लागेकी छन् । उनले ठूलो बुवा ( पूर्व प्रधानमन्त्री ) एवं बुवाले देखाएको बाटोलाई सफल पार्न राजनीतिमा आएको बताएकी छन् ।
उनी समाजवादीको बागमती प्रदेश कमिटि सदस्य भएकी छन् भने अखिल नेपाल महिला संघको पनि केन्द्रीय पदाधीकारी बनेकी छन् । उनी यस अघि भरतमोहन स्मृति प्रतिष्ठान मार्फत समाजसेवामा लाग्दै आएकी थिईन् । उनका श्रीमान् सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष एवं डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रहेका छन् । जलविद्युत, बैंक, सफ्टवेयर तथा ईन्टरनेट व्यवशायमा लिमाको परिवार संलग्न रहेको छ ।
यस्तै ससुरा कृष्ण आचार्य स्थापित व्यवसायी हुन्। आचार्य ०६२०६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभामा व्यवसायीका तर्फबाट अन्तरिम विधायक थिए। आचार्य हाल स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था ९इपान० का अध्यक्ष छन्।