भीम रावल एमाले सुदुरपश्चिमका प्रभावशाली नेता मानिन्थे । उनी लामो समयदेखि माधव नेपालको साथमा रहेपनि अन्तिममा पार्टी विभाजन हुँदा उनी एमालेमै बसे ।
उनको अहिले पनि मुख्य ध्येय सुदुरपश्चिम प्रदेशको ईन्चार्ज हुने रहेको एमालेजनको बुझाई छ ।
१० बुदे सहमति कार्यन्वयन गर्दा अर्थात जेठ २, ०७५ साल अघिको एमालेको कमिटि र जिम्मेवारी ब्युतिँदा रावल सुदुरपश्चिमको ईन्चार्ज हुन पाउने थिए । उनले आफू ईन्चार्ज भएको बताउदै पनि आएका छन् ।
तर अध्यक्ष ओलीले उक्त कुरा अस्वीकार गर्दै उपाध्यक्षमै रहेर अन्य जिम्मेवारी सम्हाल्न भन्दै आएका छन् ।
आजको बैठकमा पनि रावलले १० बुदेको कुरा उठाँउदै कार्यन्वयन गर्ने कि खारेज गर्ने भन्नु पर्यो अध्यक्ष कमरेडले भन्दै ओलीसँग माग गरेपनि उक्त बिषय बैठकको एजेण्डा नबन्ने अध्यक्षको स्पष्टोक्तीपछि रावल असन्तुष्ट बनेका थिए ।
अहिले सुदुरपश्चिमका धेरै जसो रावलका विस्वास पात्र जनप्रतिनिधिहरु माधव नेपालको एकीकृत समाजवादीतिर खुलिसकेका छन् ।
सुदुरपश्चिममा माओवादी छाडेर एमाले प्रवेश गरेका लेखराज भट्ट ईन्चार्ज रहेका छन् । ओलीले भट्टलाई हटाउन चाहेका छैनन् ।
यही कारण रावलले दश बुदेको कुरा उठाईरहेको भन्दै उनको एमाले वृतमा आलोचना समेत हुन थालेको छ ।
त्यसो त बागमतीमा पनि माओवादीबाट प्रवेश गरेका बादल नै ईन्चार्ज छन् भने प्रदेश १ मा पनि भीम आचार्य ईन्चार्ज हुन पाएका छैनन् । त्यसो त तल्ला कमिटिहरुमा र जनवर्गीय संगठनहरुमा समेत त्यस्तै समस्या देखा परिरहेको छ ।
एमाले अध्यक्ष ओली र अन्य पदाधीकारीले दश बुदे हुबहु लागू हुन नसक्ने स्पष्ट पार्दै आए पनि रावलले आफू ईन्चार्ज हुन पाउनकै लागि त्यो माग दोहोर्याईरहेर बखेडा झिकिरहेको भन्दै त्यो अब सान्दर्भिक नहुने एक एमाले केन्द्रीय सदस्यले बताए ।