एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सिस्नो जस्तो जता छोयो उतै पोल्ने खालको भएको ब्यग्य गरेका छन् ।
एमाले उपत्यका बिशेष प्रदेश कमिटिको भेलालाई आज संवोधन गर्दै ओलीले यस्तो सिस्नो जस्तो सरकारलाई आगामी चुनावमा तातोपानी लगाएर ठीक पार्ने पनि बताए ।
एमालेको सरकार अरु दुई वर्ष टिकेको भए अरु पार्टीको राजनीतिक सटर बन्द हुने थियो भन्दै ओलीले त्यसै कारणले आफ्नो सरकार हटाईएको जिकिर गरे । ‘घर हामीले बनायौं रिवन उहाँले काट्नुहुन्छ । घर हामीले बनायौं बत्ति उहाँले बाल्नु हुन्छ । तार हामीले जोड्यौ । प्लग बनायौं उहाँले थिच्नु हुनेछ । यस्ता थुप्र्रै कामहरु जुन हामीले ग¥यौं । त्यही अपराध हो । सही नसक्नु भएको यही हो । यो एमाले त अव दुई वर्ष सरकारमा टिक्ने हो भने विचराहरुको सटर बन्द हुन्थ्यो सटर । ओलीले भने ।
वर्तमान सरकार मंसीर सम्म पनि विस्तार हुन नसक्ने ओलीले ठोकुवा गरे ।
प्रचण्डको माओवादी केन्द्र र माधव नेपालको एकीकृत समाजवादी पार्टी आन्दोलन विभाजित गर्ने खालको भएको भन्दै उनीहरुमा राष्ट्रिय एकता भन्दा पनि फाटाको खेती गर्ने गरेको ओलीको आरोप छ ।